मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जीतपुरसिमरा गोल्डकप : संकटा सेमिफाइनलमा प्रवेश

pahilopost.com · Tue Apr 20 18:15:35 GMT 2021

वीरगंज : फिनिसिङ लाइनअप नचल्दा एफसी विजय युथ हेटौँडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। प्रतियोगिताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजित हुँदै एफसी विजय युथ उपाधि होडबाट बाहिरिएको हो।

हेटौँडाको फितलो फिनिसिङको फाइदा उठाउँदै संकटाले खेलमा २-१ को जित निकाल्यो। संकटाको जितका लागि ओडे ग्लोरी र गणेश हमालले १/१ गोल गरे। खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए। सुभास गुरुङको क्रस बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)