सिँचाइको नहरमा युवक मृत फेला
barnanmedia.com · Fri May 22 23:19:56 GMT 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको जानकारी दिनुभयो । उहाँले अहिले घटनास्थलमा प्रहरी टोली परिचालन भई मुचुल्का सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)