मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
ratopati.com · Mon Jun 15 18:51:48 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट घोषणा गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गरेका हुन् ।
कृषि, पर्यटनसहितका प्रदेशका सरोकारका विषयलाई केन्द्रमा राखेर प्रदेश सरकारले बजेट ल्याएको हो । सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरुबीच बजेटका विषयमा विवाद रहेकाले सहमति जुटेपछि मध्यरातमा मात्रै बजेट ल्याइएको एक मन्त्रीले बताए ।
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)