मनाङको पहिलो जित
baahrakhari.com · Mon Jan 26 18:12:02 GMT 2026
काठमाडौं । लगातार तीन हारपछि शीर्ष डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ ।
मनाङले सोमबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा काँक्रेविहार क्लबविरुद्ध ५–१ को जित निकालेको हो । यसअघि, मनाङले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ५–०, मछिन्द्र फुटबल क्लबसँग १–२ र सातदोबाटो युथ क्लबविरुद्ध १–० को हार व्यहारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)