६ वर्षमा यति बन्यो पुल
nayapatrikadaily.com · Fri Feb 25 00:33:00 GMT 2022
मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको मल्म–काँडेबास जोड्ने दरमखोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागेको साढे पाँच वर्ष नाघ्यो । तर, प्रगति भने खोलाको बीचमा देखिएको जीर्ण पिलर र दुई किनारामा अलपत्र फाउन्डेसन मात्रै हो ।
पाँच करोड ४२ लाख लागतमा दुई वर्षभित्र सक्ने गरी ६ असोज ०७३ मा वाइपी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । अहिले पुलको काम भएको छैन, ठेकेदारको अत्तोपत्तो छैन । बर्खामा खोलो बढ्दा गल्कोट नगरपालिका– ८ काँडेबासका स्थानीय घन्टौँ घुमेर यात्रा गर्न बाध्य हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)