पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेक्स पुनःसञ्चालन गरिने
lokaantar.com · Tue Dec 27 17:04:25 GMT 2022
पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले आज निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो ।
नेपाल–भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवातजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य माक्स लगाउन र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)