बेहाल बन्दै नेपालकै एक मात्र यात्रुवाहक रेल सेवा (फोटो फिचर)
ratopati.com · Thu Apr 23 18:41:49 GMT 2026

जनकपुरधाम । नेपालको एक मात्र यात्रुवाहक रेल सेवा ‘नेपाल रेल्वे’ को अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको उपस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र जडान गरिएका सिसिटिभी क्यामेराहरूको निगरानी हुँदाहुँदै पनि जनकपुरधामस्थित ‘जनकपुरधाम हल्ट स्टेसन’ को अवस्था झन् जीर्ण र कुरूप बन्दै गएको हो ।
केही वर्षअघिसम्म सफा र व्यवस्थित देखिने यो स्टेसन अहिले फोहोरले ढाकिएको छ । स्टेसनको प्लेटफर्ममा यात्रुहरूका लागि राखिएका पानीका ह्याण्डपम्प र धाराहरू सुकेका छन् भने बस्ने स्थानहरूमा जताततै फोहोर फ्याँकिएको देखिन्छ । अझ उदेकलाग्दो दृश्य त के छ भने, स्टेसनको सौन्दर्य बढाउन फूल रोप्न राखिएका गमलाहरू समेत अहिले फोहोर फाल्ने भाँडोमा परिणत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)