मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालगन्जमा जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने

ratopati.com · Thu Apr 23 18:55:58 GMT 2026

नेपालगन्ज । अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार एवं फोटोग्राफर जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने भएको छ । आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने यस प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्त्वपूर्ण क्षणहरूलाई तस्बिर मार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा विगत डेढ दशकका राजनीतिक घटनाक्रम, आन्दोलन, भूकम्प, नाकाबन्दी र कोभिड महामारीका साथै नेपाली समाजको भेषभूषा, संस्कृति र प्रकृतिका विविध आयामहरूलाई समेटिएका तस्बिरहरू राखिनेछन् । फोटोग्राफर शाहले आफ्नो यात्राका दौरान कैद गरेका बस्ती, पदयात्रामा भेटिएका मानिस र ऐतिहासिक महत्वका दृश्यहरूलाई यस प्रदर्शनीमार्फत साझा गर्न लागिएको बताए । ‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्, तिनै क्षणलाई जीवन्त राख्ने यो मेरो प्रयास हो,’ शाहले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)