मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘लु’को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजनामाथि सुझाव सङ्कलन

ratopati.com · Thu Apr 23 19:11:26 GMT 2026

काठमाडौँ । अत्यधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार यहाँ सरोकार भएका निकायका प्रतिनिधिसँग सुझाव सङ्कलन गरेको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले अत्यधिक गर्मी वा तातो हावाको लहरबाट बच्नका लागि ‘पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’को मस्यौदामाथि सरोकार भएकाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरिएको जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय, विषयगत क्षेत्रका सरकारी निकाय तथा सहयोगी निकाय, नेपाल स्काउटलगायत सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)