मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

ratopati.com · Thu Apr 23 19:16:08 GMT 2026

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको समूह छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त समूह छनोट गरिने उहाँले बताए । उनले भने, “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट समूह बनाइनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)