मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

barnanmedia.com · Fri May 22 23:34:21 GMT 2026

सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई ब्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनानुसार रोशी खोला–आसपास बसेका सुकुमवासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगरकार्यालयले जनाएको छ ।

नगर कार्यालयका अनुसार निवदेन आउनेक्रम रहेपनि ती परिवारालाई स्थानान्तरण गर्नेगरी उनीहरुका घर खाली गराउन प्रक्रिया थालिएको छ । नगरले विशेषगरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । उहाँकाअनुसार अझै नगरक्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्तीसम्बन्धी निवेदन सङ्कलनकार्य जारी राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)