कांग्रेस संस्थापनइतर पक्षको बैठक आज बस्दै
ratopati.com · Wed Dec 13 01:17:00 GMT 2023
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)