बंगलादेश बिजुली निर्यात गर्ने सबैभन्दा छोटो प्रसारणलाइन निर्माण लगानी अभावमा सुस्त
clickmandu.com · Tue Jul 07 05:04:08 GMT 2026

काठमाडौं । इनरुवा-अनारमनी प्रसारण लाइनमा लगानी नजुट्दा आयोजना सुस्त बनेको छ । नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको ४०० केभी क्षमताको इनरुवा-अनारमनी प्रसारण लाइन आयोजना वित्तीय लगानी नहुँदा अन्योलमा परेको हो । अन्य अन्तरदेशीय प्रसारण लाइनलाई प्राथमिकतामा राखेको प्राधिकरणले यो आयोजनालाई कम प्राथमिकतामा राख्दा निर्माणको काम सुस्त भएको स्रोतको भनाइ छ ।
सरकारले आगामी १० वर्ष (सन् २०३५ सम्म) १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य राखेको छ । सरकारले भारतसँगको अन्तरदेशीय विद्युत् निर्यातका लागि इलेक्ट्रिसिटी हब मानिएको न्यु पूर्णिया (इनरुवा-पूर्णिया) र दोदोधारा-बरेली ४०० केभी लाइनलाई द्विपक्षीय सम्झौता र संयुक्त कम्पनी नै गठन गरी बढी प्राथमिकता दिएकाले इनरुवा-अनारमनी आयोजना भने लगानीकै पर्खाइमा ओझेलमा परेको स्रोत बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)