जनसाङ्ख्यिक लाभांशको घर्किंदो समय
ekantipur.com · Mon Aug 21 00:56:30 GMT 2023
नेपालमा कुनै बेला यस्तो थियो, काम गर्ने र आयआर्जन गर्ने उमेरका मानिसको भन्दा बढी जनसङ्ख्या उनीहरूमा आश्रित हुनेहरूको थियो । तर यति बेला आश्रित हुनेहरूको भन्दा काम गर्न सक्ने उमेरका मानिसको जनसङ्ख्या अत्यधिक छ ।
जनगणना–२०७८ अनुसार नेपालमा काम गर्न सक्ने १५–५९ वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत अर्थात् १,८०,७१,६८५ छ । सामान्यतया आयआर्जन गर्न नसक्ने उमेर मानिने १४ वर्षभन्दा मुनिको जनसङ्ख्या २७.८३ प्रतिशत र ६० वर्षभन्दा माथिको जनसङ्ख्या १०.२१ प्रतिशत छ । आश्रित हुनेको भन्दा काम गर्ने मानिसको जनसङ्ख्या धेरै हुनुलाई नै सामान्य भाषामा जनसाङ्ख्यिक लाभांश भनिन्छ । जनगणना–२०४८ पछि नेपाल निरन्तर जनसाङ्ख्यिक लाभांशमा रहँदै आए पनि त्यो अवधि अबको अढाई दशकभन्दा बढी नरहने विज्ञहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)