वारि–पारि ‘हात्ती गोठाला’
ekantipur.com · Sun Jul 09 00:59:49 GMT 2023
झापा — १० वर्षको उमेर छँदादेखि न्युटन कार्की हात्ती लखेट्न मेची बगर पुग्थे । दौंतरीले हात्तीलाई ढुंगा हान्थे, उनी पनि त्यही सिको गर्थे । साथीको लहैलहैमा उनले अजंगको हात्तीमाथि ढुंगा मात्रै हानेनन्, विस्फोटक पटका र आगोको पुल्ठो पनि ठोसे । तर, हात्ती आउने क्रम रोकिएन, बरु थप आक्रामक बन्यो । जनधनको क्षति बढ्यो । ‘हामीले लखेट्दा भाग्ने डराउने जन्तु हैन रहेछ हात्ती, जिस्क्याउँदा झन् उपद्रो गर्दो रहेछ,’ उनको निष्कर्ष छ, ‘हात्तीलाई माया गर्नुपर्ने रहेछ ।’
रोजगारी सिलसिलामा ३ वर्ष खाडीमा बिताएर फर्किएका न्युटन अहिले हात्ती आतंक रोक्न वडा कार्यालयले बनाएको र्यापिड रेस्पोन्स टिम (आरआरटी) का नेपालतर्फका संयोजक हुन् । आरआरटीका स्वयंसेवक उनीसहित २४ जना छन् । पारि भारततिर नक्सलबारीका अमित राउतको संयोजकत्वमा अर्को टोली सक्रिय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)