मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरनिको राजमार्ग विस्तार: सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

ratopati.com · Thu Apr 23 22:21:28 GMT 2026

काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्य विनायक–धुलिखेल सडक खण्ड विस्तार आयोजनाको निर्माण कार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । पन्ध्र दशमलव आठ किलोमिटर सडक विस्तारको महत्त्वाकाङ्क्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)