सुदन गुरूङ प्रकरणकाे साइड इफेक्ट कान्तिपुरमा : प्रबन्ध निर्देशक सिराेहियाले दिए राजीनामा
nepalpress.com · Thu Apr 23 23:09:47 GMT 2026

सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ, विशेषगरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचारमा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् । उनले आरोपहरूलाई सनसनीपूर्ण बनाउँदै प्रस्तुत गरिएको भन्दै लेखेका छन्, ‘मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ ।’
कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट भन्दै तत्कालीन गृहमन्त्री गुरुङको कारोबारका विवरण सार्वजनिक गरेको थियो । सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)