मिर्गौला र आँखाको सम्बन्ध
farakdhar.com · Sun May 01 17:59:01 GMT 2022
क्रनिक किड्नी डिजिज र डायबिटिज हुँदा आँखाको ज्योतिमा सीधा असर पर्न जान्छ । तर, धेरैजसो मानिसले डायबिटिज हुँदा मात्र यस्तो हुने भ्रम पालिराखेका छन् । आँखाको ज्योति कम हुने यो पहिलो लक्षण हो । नयाँ दिल्लीस्थित पारस अस्पतालका चिफ नेफ्रोलोजिस्ट डा. पिएन गुप्ताका अनुसार मिर्गौला र आँखाको समस्याको कनेक्सन र पहिचानका आधार यस्ता रहेका छन् । मिर्गौला फेल हुनाले बिरामीको आँखाको ज्योति धमिलो हुन जान्छ ।
यसबारेमा बिरामीले डाक्टरलाई जानकारी गराउनुपर्छ र आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रयोग गर्नुपर्छ । यदि सही समयमा मिर्गौलाको उपचार नगराएको अवस्थामा आँखाको ज्योति सधैंका लागि गुमाउनुपर्ने पनि हुन सक्छ । तर, मिर्गौलाका बिरामीलाई अन्तिम समयमा मात्र थाहा हुन्छ । तर पनि यस्तो स्थिति आउनुअगावै आफ्नो मिर्गौला र आँखाको सुरक्षा गर्नु उचित हुन्छ । मिर्गौलाको समस्या एकै दिनमा मात्रै हुँदैन । वर्षौैंदेखिको गलत जीवनशैली र खानपानको परिमाण हो यो । लक्षण देखिनुपूर्व नै खानपानमा ध्यान पुर्याउनु जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)