मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफन्तको सास गयो, बचेकाको बास

ekantipur.com · Sun Nov 05 00:42:15 GMT 2023

जाजरकोट, रुकुम र सल्यान — पम्फा रावत शुक्रबार राति खाना खाईवरी भारतमा रहेका जेठा छोरासँग फोनमा बोल्दै थिइन् । एक्कासि जमिन हल्लिएपछि अत्यासमा परिन् । ‘हेर्दाहेर्दै घर भत्कियो,’ जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी उनले भनिन्, ‘घर भत्केर चार जना रातभर पुरियौं । तर भाग्यले बाँच्यौं ।’ भग्नावशेषबाट उनी, उनका पति र २ छोरालाई छिमेकीले शनिबार बिहान ८ बजे सकुशल उद्धार गरे । पम्फाका छिमेकी शुक्रराज रावतको ५ जनाको परिवार पनि रातभरि भत्किएको घरमा पुरियो ।

पत्नी लालीसहित २ छोरा र १ छोरी खाटको चेपमा परेर पुरिएकाले बाँच्न सफल भए । शुक्रराजले सुनाए, ‘भाग्यले बाँचियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)