janaaastha.com·५ दिन अघित्रिवेणीमा जीप पल्टियो, नौ जना घाइते हुँदा सहचालक सिकिस्त
रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङमा जीप दुर्घटनामा परेको छ । गंगादेव गाउँपालिका–१ भुर्तीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप सडकबाट करिब १५ मीटर तल खसेको हो ।