
सेतो गिद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाल,भारत, पाकिस्तान, बङ्गलादेश र म्यानमार लगायतका दक्षिण एशियाली देशहरूमा पाइने सेतो गिद्ध (White-rumped Vulture) दुर्लभ प्रजातीको गिद्ध हो । सेतो गिद्धले वातावरणीय सन्तुलनमा गहिरो प्रभाव पार्न सक्छ। तर अहिले यस प्रजातिको संरक्षण र अस्तित्व गम्भीर खतरामा परेको छ ।
पशुचिकित्सामा प्रयोग गरिने औषधि “डाइक्लोफेनाक”ले गाई, भैंसीजस्ता जनावरहरूमा उपचारको काम गरेपनि, जब गिद्धहरूले मरेका जनावरहरूको मासु खान्छन्, यो औषधिको विषाक्त प्रभावले उनीहरूको मिर्गौलामा गहिरो असर गर्छ र गिद्धहरू मर्न थाल्छन्। त्यसबाहेक, बासस्थानको विनाश, शिकार र अवैध व्यापार जस्ता अमानवीय क्रियाकलापले गर्दा पनि सेतो गिद्धको जनसंख्यामा प्रभाव परेको छ ।
सेतो गिद्धको वैज्ञानिक नाम Gyps bengalensis हो । यसको सेतो पुच्छर र गाढा खैरो शरीर हुन्छ । यसको शरीर लगभग 75-85 सेन्टिमिटर लामो हुन्छ, र पखेटा खोल्दा लगभग 2.5 मिटर चौडा हुन्छ।