

Gorkha Durbar
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपालको ऐतिहासिक र सांस्कृतिक स्थल “गोर्खा दरबार” गोरखा जिल्लाको पहाडी क्षेत्रको उचाइमा अवस्थित छ। नेपाली परम्परागत शैलीमा निर्माण गरिएको यो दरबार वास्तुकलाको उत्कृष्ट नमुना हो भनेर बुझ्न सकिन्छ । त्यसबाहेक यो स्थल नेपाली एकीकरणको इतिहासमा गहिरो प्रभाव पार्ने स्थल पनि हो।
गोरखा दरबारको निर्माण तत्कालीन राजा राम शाहले सत्रौं शताब्दीमा स्थानीय काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरेका हुन्। यो दरबारबाट वरिपरि फैलिएको हरियाली पहाड तथा हिमाली दृश्यावली स्पष्ट देख्न सकिन्छ। यो दरबारको मुख्य विशेषता भनेको यसको साधारण तर आकर्षक वास्तुकला हो ।
गोर्खा दरबार पृथ्वीनारायण शाहको जन्मस्थानका रूपमा प्रसिद्ध छ। पृथ्वीनारायण शाहले यही दरबारबाट नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए। गोरखा दरबारसम्मको यात्रा विदेशी तथा आन्तरिक पर्यटकहरूको लागि एकदमै रमणीय हुनेगर्दछ। यहाँ जाने मुख्य बाटो गोरखा बजारबाट सुरू हुन्छ र यात्रामा ऐतिहासिक मार्ग, सिँढीहरू र परम्परागत गाउँको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ।
२०७२ सालको महाभूकम्पपछि यो दरबारको संरचनामा केही क्षति पुगेपनि पुनःनिर्माण र मर्मतका प्रयासहरूले यसको पुरानै स्वरूपलाई जोगाउन मद्दत पुर्याएको छ।
यो दरबारले नेपाली सभ्यता र पहिचानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। गोर्खा दरबार एकपटक अवश्य भ्रमण गर्नुपर्ने स्थल हो।