चैत्र १५ गते, राजधानी काठमाडौँमा राजावादीहरूद्वारा जनप्रदर्शन भएको थियो। राष्ट्र, राष्ट्रियता र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै देशभरिबाट आएका समर्थकहरूले सडकमा उत्रिएर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। तर प्रदर्शनकर्ताहरू थोरै अराजक भएपछि आन्दोलन हिंशात्मक बन्न पुग्यो । एक पत्रकार सहित दुई जनाले ज्यान गुमाए भने प्रदर्शनकर्ताले घर जलाउने, भाटभटेनी लुट्ने, जडिबुटी उत्पादन केन्द्रमा आगजनी गर्ने जस्ता क्रियाकलापले यो दिनलाई तनावपूर्ण बनायो ।
सौर्य एयरको विमान दुर्घटना
बुधबार, साउन ९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए। विमानमा १७ नेपाली र १ जना यमनी नागरिक रहेका थिए। काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान उड्ने बित्तिकै दायाँतर्फ पल्टिँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भयो। विमानमा सवार १९ जना मध्ये क्याप्टेन मनीशरत्न शाक्यको मात्र जीवित उद्धार गरियो।