
विक्रम संवत २०८२ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४७ ईस्वीय सन् २०२५ -२०२६ र नेपाल संवत ११४५ -११४६ । नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८२ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ । हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि प्रस्तुत छः विदाहरूको संक्षिप्त जानकारी ।
१) नयाँ वर्ष - बैसाख १ गते सोमबार ।
२ ) विश्व मजदुर दिवस - (मे १) - बैशाख १८ गते बिहीबार ।
३ ) चण्डी पूर्णिमा (बैसाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभैाली पर्व - बैसाख २९ गते सोमबार ।
४) गणतन्त्र दिवस - जेठ १५ गते बिहीबार ।
५ ) रक्षाबन्धन - साउन २४ गते शनिबार।
६ ) गाईजात्रा -साउन २५ गते आइतबार (देशभरका नेवार समुदाय र काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
७) श्रीकृष्ण जन्माष्टमी - साउन ३१ गते शनिबार।
८) हरितालिका (तीज) व्रत - भदौ १० गते मङ्गलबार ।
९) गैारा पर्व - भदौ १५ गते आइतबार ।
१०) इन्द्रजात्रा - भदौ २१ गते शनिबार।
११) जितिया पर्व - भदौ ३० गते सोमबार (जितिया पर्व मनाउने महिला कर्मचारीको लागि) ।
१२) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते शुक्रवार ।
१३) घटस्थापना - असोज ६ गते सोमबार ।
१४ ) दशैं बिदा (असोज १३ गते सोमबारदेखि असोज १८ गते शनिबार सम्म (फूलपातीदेखी द्वादशीसम्म) ।
१५) तिहार बिदा (कार्तिक ३ गते सोमबारदेखि कार्तिक ७ गते शुक्रवारसम्म (लक्ष्मीपूजा देखि भाइटिकाको भोलिपल्टसम्म )।
१६) छठ पर्व - कार्तिक १० गते सोमबार ।
१७) अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) - मङ्सिर १७ गते बुधबार । (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीको लागि मात्र)।
१८) धान्य पूर्णिमा - किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि,ज्यापु दिवस - मङ्सिर १८ गते बिहीबार।
१९) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ ) - पुस १० गते बिहीबार ।
२०) तमू ल्होसार - पुस १५ गते मङ्गलबार |
२१) पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) - पुस २७ गते आइतबार ।
२२) माघी पर्व/माघे सङ्क्रान्ति - माघ १ गते बिहीबार।
२३) सोनम ल्होसार - माघ ५ गते सोमबार ।
२४) वसन्त पंचमी - माघ ९ गते शुक्रवार।
२५) सहिद दिवस - माघ १६ गते शुक्रवार ।
२६) महाशिवरात्री - फागुन ३ गते आइतबार ।
२७) ग्याल्पो ल्होसार - फागुन ६ गते बुधबार ।
२८) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते बिहीबार ।
२९) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) - फागुन २४ गते आइतबार ।
३०) फाल्गुनन्द जयन्ती - कार्तिक २५ गते मङ्गलबार (किराँत धर्मावलम्बीहरूको लागि मात्र)।
३१ ) फागु पूर्णिमा - हिमाली र पहाडी जिल्ला लगायत ५६ जिल्लाहरूमा फागुन १८ गते सोमबार र तराईका देहायका जिल्लामा फागुन १९ गते मङ्गलबार ।
३२ ) घोडेजात्रा - चैत्र ४ गते बुधबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३३ ) रामनवमी - चैत्र १३ गते शुक्रवार ।
३४) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।
३५) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।
३६ ) सिरुवा पावनिको दिन - (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा) ।
३७) मोहम्मद जयन्तीका दिन - (नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र) ।
३८) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।
३९) गुरु नानक जयन्ती (नेपाली सिख धर्मावलम्बीहरूको लागि मात्र )।
२०८२ साल शुभ रहोस् ।