
ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्काे राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरुको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । यसकारण अन्य ग्रहहरुको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।
मेष संक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।।
तुलासंक्रान्तितश्चैवं ज्ञातव्यं विबुधै : स्फुटम् ।।
राशि नामको पहिलो अक्षरको आधारमा वैशाखदेखि आश्विन महिनासम्म व्यक्तिलाई शुभ/अशुभ फल प्रदान गर्दछन् । ती निम्नानुसार छन्:
– अश्लेषा (डी‚डू‚डे‚डो)‚ मघा (मा‚मी‚मू‚मे)‚ पूर्वफाल्गुनी (मो‚टा‚टी‚टू)‚ उत्तरफाल्गुनी (टे‚टो‚पा‚पी)‚ हस्ता (पू‚ष‚ण‚थ)‚ चित्रा (पे‚पो‚रा‚री) स्वाति (रु‚रे‚रो‚ता) : शीर्षे: भूलाभ: शीरमा परेकाले शुभ ।
– आर्द्रा (कू‚ध‚ङ‚छ)‚ पुनर्वसु (के‚को‚हा‚ही)‚ तिष्य (हु‚हे‚हो‚डा) : मुखे: पाण्डित्यम् ‚ मुखमा परेकाले शुभ ।
– अश्विनी (चू‚चे‚चो‚ला० ‚भरणी (ली‚लू‚ले‚लो)‚ कृतिका (अ‚ई‚ऊ‚ए)‚ रोहिणी (ओ‚बा‚वी‚बू)‚ मृगशिरा (वे‚वो‚का‚की) : हृदी: हृदयमा धनागम् ‚ शुभ ।
– पूर्वभाद्रपदा (से‚सो‚दा‚दी) ‚उत्तरभाद्रपदा (दू‚थ‚झ‚ञ)‚ रेवती (दे‚दो‚चा‚ची) : दक्षकरे: स्त्री लाभ: शुभ ।
– मूल (य‚यो‚भा‚भी)‚ पूर्वषाढा (भू‚ध‚फा‚ढा)‚ उत्तरषाढा (भे‚भो‚जा‚जी) :दक्षपादे: भ्रमणम्‚ दाहिने खुट्टामा भ्रमण हुने‚ शुभ ।
– श्रवण (खी‚खू‚खे‚खो)‚ धनिष्ठा (गा‚गी‚गू‚गे)‚ शतभिषा (गो‚सा‚सी‚सू ) : वामकरे: भैक्षम्‚ अशुभ ।
– विशाखा (ती‚तू‚ते‚तो)‚ अनूराधा (ना‚नी‚नू‚ने)‚ जेष्ठा (नो‚या‚यी‚यू) : वामपादे: कष्टम्‚ अशुभ ।
समग्रमा विशाखा‚ अनुराधा‚ जेष्ठा‚ श्रवण‚ धनिष्ठा‚ शतभिषा नक्षत्रमा जन्मिएका व्यक्तिहरुलाई अशुभ हुने देखिएकोले गंङ्गा स्नान गरेर रुद्री‚ सत्यनारायण‚ चण्डी पाठ गराउनुका साथै हवन‚ ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा कष्ट निवारण हुन्छ ।
अश्लेषा‚ मघा‚ पूर्वफाल्गुनी‚ उत्तरफाल्गुनी‚ हस्ता‚ चित्रा‚स्वाति‚ आर्द्रा‚ पुनर्वसु‚तिष्य, अश्विनी‚ भरणी ‚ कृतिका‚ रोहिणी‚ मृगशिरा‚ पूर्वभाद्रपदा‚ उत्तरभाद्रपदा‚ रेवती ‚ मूल‚ पूर्वषाढा‚ उत्तरषाढा नक्षत्र हुनेलाई राम्रो छ । संक्रान्तिले शुभ फल दिन्छ । संक्रान्ति शुभ रहेकाहरुले पनि गंङ्गा स्नान गरेर रुद्री‚ सत्यनारायण‚ चण्डी पाठ गराउनुका साथै हवन र ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा फललाई अझै शुभ बनाउन सकिन्छ ।
–ज्यो.पं. मुकुन्द शर्मा‚गोङ्गबु ‚ काठमाण्डौ
अस्तु शुभम् ।