
तिम्रो बाहुमा हराउने रहर बोकेर
म आफैँलाई तिमीमा खोजीरहेकोछु
शब्दभन्दा गहिरो
स्पर्शभन्दा तातो।
तिम्रा बलियो हातले जब मेरो कम्मर छुन्छ
मेरो सास एकाएक अडकिन खोज्छ
छातीभित्र धड्कनले ढोका ढकढकाउछ .
तिम्रो तातो श्वास
मेरो गर्दनछेउ बाट बिस्तारै बगीरहदा
मेरो रगतमा मधुर बिजुली दौडिन्छ
शरीरका प्रत्येक नसाले
तिम्रै नाम गुनगुनाउछ।
जब तिम्रा प्यासा लाली ओठ
मेरो वक्षमा सुस्तरी अडिन्छन
त्यो ओसिलो स्पर्श
मीठो आगो झैँ शरिर भरी सल्किन्छ
न पोल्ने न जलाउने
तर भित्रभित्र यौवन पगाल्ने।
मेरा औँलाहरू
तिम्रो कपाल भित्र हराउँदा
हाम्रा शरीरहरू
बिना शब्द एउटै लयमा डुल्छन
त्यो लय
धड्कन, सास र चाहनाको संगीत बनेर
तिम्रो प्रत्येक गहिरो स्पर्शले
मलाई अझै तिमीतिर तान्छ
जस्तो कि म आफैँ
तिम्रो न्यानोपनमा घुल्न खोजिरहेकी छु।
र जब आनन्दको त्यो चरम छाल
शरीरभरि फैलिन्छ
म तिमीलाई झन बलियो अँगालो हाल्छु
होस र सीमा तोडेर
तिम्रै स्पर्श भित्र हराउँदै ।
आजको रात
हामी शब्द होइनौं
हामी एक अर्कोलाई जलाउने आगो हौँ
हामी एकै धडकनका सास हौँ
हामी दुई शरीरभित्र छटपाटाईरहेको
एउटै अधुरो तर मीठो चाहना हौँ।