
पडकास्ट
४ एपिसोड · ne
यो पोडकास्टले किसानदेखि उपभोक्तासम्म दूधसँग जोडिएका विभिन्न पक्षलाई उजागर गर्दै दुग्ध क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गने विश्वास लिगेका छौं। यो कार्यक्रम किसान, पशुपालक, उपभोक्ता तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी रहनेछ।
२०२६ जुन ३० · ३७ मिनेट
DDC Podcast को चौथो अंकमा हामीले पोषणविद् तथा डाइटिसियन रुजु खड्कासँग दूध, दही, घिउ तथा अन्य दुग्धजन्य परिकारका पोषण, फाइदा र आम मानिसमा रहेका भ्रमबारे वैज्ञानिक आधारमा विस्तृत कुराकानी गरेका छौं । यदि तपाईं दूध उपभोक्ता हुनुहुन्छ ? स्वास्थ्य वा पोषणबारे सही जानकारी खोजिरहनुभएको छ भने यो एपिसोड तपाईंका लागि विशेष उपयोगी हुनेछ ।
२०२६ जुन १६ · १६ मिनेट
DDC Podcast को यस अंकमा हामीले दुग्ध विकास संस्थान (DDC) का पूर्व कार्यकारी निर्देशक डा. इश्वरी प्रसाद अधिकारीसँग नेपालको दुग्ध विकासको इतिहास, DDC को स्थापना, प्रारम्भिक चुनौतीहरू तथा नेपाली दुग्ध क्षेत्रको विकास यात्राबारे विशेष कुराकानी गरेका छौं । नेपालको दुग्ध क्षेत्रलाई नजिकबाट बुझ्न चाहने किसान, पशुपालक, विद्यार्थी, उद्यमी तथा उपभोक्ताका लागि यो एपिसोड विशेष उपयोगी हुनेछ ।
२०२६ जुन १ · ५० मिनेट
DDC Podcast को दोस्रो अंकमा हामीले दुग्ध विकास संस्थान (DDC) का अध्यक्ष डा. राम नन्दन तिवारीसँग कुराकानी गरेका छौं। नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था, किसानका समस्या, दूधको बजार, डिडिसीको चुनौती, सरकारी नीति तथा दुग्ध क्षेत्र सुधारका सम्भावनाबारे विस्तृत छलफल याे अंकमा सुन्न सकिन्छ । साथै, डिडिसीको व्यवस्थापन, उत्पादन लागत, बजार विस्तार, प्रविधि, निजी डेरीसँगको प्रतिस्पर्धा तथा दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन आवश्यक कदमका विषयमा पनि अध्यक्ष तिवारीले आफ्नो धारणा राख्नुभएको छ। नेपालको दुग्ध क्षेत्रलाई नजिकबाट बुझ्न चाहने किसान, पशुपालक, विद्यार्थी, उद्यमी तथा उपभोक्ताका लागि यो एपिसोड विशेष उपयोगी हुनेछ।
२०२६ मे १९ · ५६ मिनेट
DDC Podcast को पहिलो अंक लिएर हामी उपस्थित भएका छौं। यस पहिलो एपिसोडमा हामीले दुग्ध विकास संस्थान (DDC) का महाप्रबन्धक डा. शरण कुमार पाण्डे