The Business Central

27. Dr. Gopikrishna Neupane, Former General Manager, Udayapur Cement Industry Ltd. | Full Interview
१० मिनेट
उदयपुर सिमेन्ट उद्योगमा विकृति कतिसम्म रहेछ भने, १०० जनाले चलाउन सकिने उद्योगमा ५०० भन्दा बढी कर्मचारी राखिएका छन्। यो उद्योगसँग ५५० रोपनी जग्गा छ, जहाँ आफ्नै अर्को उद्योग थप्न पनि सकिन्छ। नेपालमा क्लिन्कर आयात गरेर पिसानी मात्र गर्ने २२ वटा सिमेन्ट उद्योग छन्, र ती उद्योगलाई क्लिन्कर बेचेर पनि उदयपुर सिमेन्टले अरबौँ रुपैयाँ कमाउन सक्छ। तर यस्तो सम्भावना हुँदाहुँदै अनावश्यक कर्मचारीको भारले उद्योग थलिएको छ। अनावश्यक कर्मचारी कटौती गरेर क्षमता भएका थोरै विज्ञलाई मात्र राख्ने हो भने खर्च घटाउन सकिन्छ र उद्योगलाई नाफामा लैजान सकिन्छ