हरेक बर्ष फेब्रुअरी महिनाको १ देखि ४ तारिखसम्म बेल्जियमको ब्रसेल्समा ब्रसेल्स एक्सपो हुने गर्दछ । केही बर्षयता नेपाली दुतावासले यस एक्सपोमा आफ्नो उपस्थिती जनाएको थिएन् तर यसपाला भने नेपालको स्टलको पूनरागमन भयो । नेपालबाट गएको रकसिद्धी सांगीतिक समुहले आफ्नो सितार र तबलाको जुगलबन्दीले ब्रसेल्सलाई झुमाइदिएको छ ।