रमेश उप्रेतीले गत बर्ष चलचित्र "ब्रासलेट"बाट कम्ब्याक गरेपछि यो बर्ष थप दमदार शैलीमा चलचित्र "ऐश्वर्य"बाट दर्शकहरुको मन जीत्न आइसकेका छन् । “स्टुपीड मन” फेम दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रको “तिमि रोएको पल” बोलको गीतले रिलिज पुर्व नै राम्रो चर्चा बटुली सकेको छ । छठ पर्वको दिनमा रिलिज भएको यो चलचित्रले दर्शकको मन जीत्न सक्ला त ? कस्तो बनेको छ चलचित्र "ऐश्वर्य" ? आउनुहोस जानौं चलचित्र ऐश्वर्यको समीक्षामा ।