सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता”को ट्रेलर सार्वजनिक भएपछी सबै दर्शकहरु उत्साहित भएका छन् । कारण, फाटेको जुत्ताले फेरी एकपटक नेपाली चलचित्र प्रेमीहरुलाई भरपूर कमेडीको डोज दिने कुरा ट्रेलरले पुष्टि गरेको छ । यहि क्रममा कार्तिक १७ गते प्रदर्शनमा आउने यस चलचित्र “फाटेको जुत्ता”का निर्देशक निकेश खड्कासंग हामीले चलचित्रको बारेमा थुप्रै कुराकानीहरु गर्यौ ।