दशैं विशेषः नेपाली सङ्गीतमा चारै प्रहर जागा रहने 'नाइट ब्याण्ड'का साथ
२०१७ सेप्टेम्बर २७ · ७ मिनेट
दुई पटकको विश्व सङ्गीतको सर्वोत्कृष्ट पुरस्कार बिजेता भारतीय साङ्गीतिक श्रष्टा ए आर रेहेमानसंग साङ्गीतिक समायोजन गरेर प्रत्यक्ष प्रस्तुती दिएका 'नाईट ब्याण्ड' नेपालको एकमात्र एउटा साङ्गीतिक समूह हो जुन विश्व सङ्गीतको महाकुम्भ वुमनेक्स मा दूर्लभ प्रस्तुतीकालागि छनौट भएको थियो । बिबिसी वल्र्ड रेडियोमा प्रत्यक्ष अन्तरवार्ता दिएका यस समूहले अर्जेको अन्तराष्ट्रिय पलेँटीहरु विश्वका कैंयन सुप्रसिद्ध अनि अत्यन्त सफल श्रष्टाहरुले अझै पाउन सकेका छैनन् ।