पछिल्लो केहि समय यता नेपाली चलचित्रको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ, चलचित्रको स्तरमा परिवर्तन आएसंगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै चलचित्रको उत्कृष्ट सङ्गीत र ट्रेलर सार्वजनिक भएसँगै, सो चलचित्र छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझ प्रतिक्षित चलचित्र बन्न पुग्छ ।