अन्य बर्षहरु झै यस बर्ष २०१७ मा पनि अगस्त १२ का दिन अन्तराष्ट्रिय यूवा दिवस बिभिन्न कार्यक्रम आयोजना गरेर संसारैभरि मनाइदैछ । यस बर्ष भनें यूवा र शान्तिलाई जोडेर नारा नै यूथ बिल्डिगं पिस अर्थात शान्ति स्थापनार्थ यूवाहरु भन्ने नाराका साथ मनाइदैछ है । सन् २००० देखि मनाउन थालिएको यूवा दिवसका सस्करणहरुमा यस वर्ष २०१७ सम्म आइपुग्दा यो १८ औं यूवा दिवस हो ।