गत बर्ष थुप्रै अवार्डहरु जीत्न सफल चलचित्र “पशुपति प्रसाद” का निर्देशक र नायक अर्थात् दिपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले फेरी एकसाथ काम गरेको चलचित्र “धनपति” यो हफ्ता रिलिज भएको छ । सर्वाधिक रुचाइएको पशुपति प्रसादकै कारण पनि धनपतिबाट सबैजसो चलचित्रप्रेमीलार्इ धेरै अपेक्षा रहेको छ ।