भर्खरमात्र गएको अन्तराष्ट्रिय नारी दिवसको आसपासमा भएको यो नारी निर्देशीत सामाजिक परिवेशको चलचीत्रको निर्माण घोषणा कार्यक्रममा वोल्दै निर्देशक संगीता श्रेष्ठले यस चलचीत्रको निर्माण कार्यक्रम पनि ८ मार्चको दिन सम्पूर्ण नारीहरुप्रति सर्मपित गर्दै हिजो बाटै शुरु गरिने वताईन । तिनवटा अलग्ग कथाहरुलाई एउटै धागोमा वाँधीएको यो चलचीत्रले काठमाडौको जिवन अनि नेपाली परिवेश दर्शाउने सबैको आँकलन छ ।