यस ट्यालेन्ट शो मा आ आफ्ना कला देखाउकालागी सबै प्रतिस्पर्धीहरुलाई ३ मिनेटको समय दिईएको थियो । यसरी ३ मिनेटमा आ-आफ्ना प्रतिभा देखाई यस ट्यालेन्ट शो मा आफूलाई उत्कृष्ट साबित गर्न प्रतिस्पर्धीहरुले गीत गाउने, नृत्य प्रर्दशन गर्ने, अभिनय गर्ने अनि विषयविशेषमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।