शनिबार ग्वार्को स्थित १९९९ ए डी पार्टी प्यालेस मा मिस नेवा: ११३७ को समय् बजि कार्यक्रम सम्पन्न भयो ।समय् बजि अर्थात नेवार समुदायले कुनै बिशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउन बजि अर्थात चिउरासंग अरु धेरै परिकार जस्तै छोयला,आलु ,अचार ,भटमास ,बारा ,साग ,अदुवा ,बोडी र अन्यलाई सजाएर लप्टे ( पात को थाल) मा राखी दिनुलार्इ भनिन्छ, मिस नेवा: को आयोजक नेप्लिज फेसन होम कि हेमा मानन्धरले हाम्रो पात्रोसँग को कुराकानीमा बताउनु भयो ।