यहि साता आइतबार होटल यल्लो प्यागोडामा १२ औ मिस नेवा : ११३७ को धमाधम अडिसन चलिरहेको थियो । त्यहाँ थुप्रै नेवार समुदायका इच्छुक युवतीहरुको उपस्थिति देखियो । नयाँ प्रतियोगिताको लागि नया उमङ्ग लिएर त्यहाँ सहभागिता जनाउन आएका युवतीहरुको भीड मा ११औ मिस नेवा का बिजेता एन्जल श्रेष्ठ , प्रथम रनर अप रेजीशा डंगोल र दोस्रो रनर अप मिनु प्रजापति उपस्थित थिए । यो बर्षका सहभागीहरुसँग आफ्नो अनुभव सुनाइरहेका र उनीहरुलार्इ प्रोत्साहन गरेर मनोबल बढाईरहेका पुर्वाबिजेताहरुसँग हाम्रो पात्रो ले कुराकानी गर्यो ।