कुनै बेला यस्तो जमाना थियो, जब निक्कै कम चलचित्रहरु बन्दथे र थोरै हलमा भएपनि निक्कै लामो समयको लागि प्रदर्शन हुन्थे । केही चलचित्रले दर्शकको अपार माया पाउँथे , अनि फिल्म हलबाट उत्रिन्थ्यो । केही चलचित्र र त्यसका केही रोचक पात्रहरु दर्शकको मनमा सम्झना भर्इ बस्दथे र दर्शकहरु वर्षौपछि पनि फेरि त्यही चलचित्रहरु हेरेर सम्झनालार्इ ताजा पारिराख्थे ।