यहि शुक्रवारदेखि आइतवारसम्म राजधानीको QFX कुमारी सिनेमा हलमा आयोजना हुन लागेको "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव" मा चलचित्र हेर्न रुचाउने दर्शकले विभिन्न ७८ वटा लघु चलचित्र हेर्न पाउने छन् । यस्तोमा उक्त महोत्सवमा सहभागिता जनाउन इछ्याएका दर्शकहरुमा प्रदर्शन हुन लागेका ७८ चलचित्रहरु मध्य कुन कुन चलचित्र हेर्ने त भन्ने कुरामा आन्योल अवश्य होला ।