२०७३ सालकै वहुप्रतिक्षित चलचित्र छक्कापञ्जा आजबाट देशभरिका थुप्रै चलचित्र घरहरुमा प्रदर्शनमा आएको छ । टेलिसिरियलका चर्चित हाँस्य अनुहारहरुले निर्माण गरेको यो चलचित्र एउटा सामाजिक पृष्ठभुमीमा आधारित कथानक चलचित्र हो जसलाई परिवारसंग निर्धक्क रुपले हेर्न जान सकिन्छ । ६ अकंसग बढि नै आत्मियता भएका दिपक राज गिरिको पहिलो प्रस्तुती ६ एकान ६, दोश्रो वडा नं ६ अनि तेश्रो छक्का पञ्जा हो । आउनुहोस दिपा श्री निरौलाले निर्देशन गरेकि यो चलचित्रको समिक्षा गरौ ।