आर्थिक कारणले आफ्नो घर छोडि परदेशिएका नेपालीहरुको भोगाई यो उपन्यासमा समेटिएको छ। आजभन्दा ६८ बर्षअघि लेखिएको यो उपन्यासले त्यतिखेरकै कथा भन्छ– जतिखेर मुग्लान जानु भनेको भारत जानु भनेर बुझिन्थ्यो। कामको खोजीमा समुन्द्रपारी जाने चलन शुरु भईसकेको थिएन– यद्यपी आमनेपालीको समस्या र वाध्यता भने आजको जस्तै थियो। यो उपन्यासले दुखजीलो गरेर दुईचार पैसा कमाउन पुर्वी पहाडबाट मुग्लान छिर्नेहरुको कथा कहन्छ। चित्रकारका रुपमा समेत प्रसिद्ध उपन्यासकार वाङदेलले यो उपन्यासमार्फत तत्कालिन जनजीवनको जिवन्त चित्र उतार्नुभएको छ।