कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन- चन्द्रावती पुत्र-वधूले आफ्नू कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनी मनमनै अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणीले-हे श्रीस्वस्थानी जगदीश्वरी ! भनी हृदयले सम्झँदै अञ्जलि जोरी भन्न लागिन...