कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! रानी चन्द्रावतीसामु हाजिर भएपछी डोलेहरुले भने - हे महारानी ! स्वर्गका अप्सराहरुले श्रीस्वस्थानी परमेश्वरिको पुजा गर्न लागेको देख्यौ र उनैको संसर्गमा हामीले पनि पुजा गर्न लाग्दा विलम्ब भयो , क्षमा गर्नुहोस् ।