कुमारजी अाज्ञा गर्नुहुन्छ- हे अगस्त्यमुनि ! त्यसपछि उता लावण्यदेशका मन्त्रीहरूल हात्तीलार्इ सुवर्णको कलश र फूलको माला दिइ राजा खोज्न लगाए । त्यहाँ अनेक स्थानबाट मानिसहरू अार्इ नाना थरी वस्त्र अलंकार पहिरिर्इ राजा हुन पाउँला कि भन्दै हात्तीका नजिक गर्इ अघि-पछि हिँड्न लागे । नवराज ब्राह्मण पनि त्यहाँ पुगेर एउटा दोबाटोमा बसी हेरिरहेका थिए । त्यसैबेला वरदान अनुसार भगवान हरिहर हात्तीको मनमा प्रवेश गर्नुभयो र त्यो हात्तीले नवराजको नजिकमा गर्इ फूलको माला गलामा लगार्इदिएर सुवर्णका कलशले अभिषेक गरिदियो ।