कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि के भयो भने सुन । एकदिन नवराजले आफ्नी माता गोमालाई भने- हे माता ! ईश्वरीका कृपाले हामी राजगद्दीमा बस्यौं, अब आफ्नो राज्यमा भएका ब्राह्मणहरुलाई बोलाएर भोजन गराई श्रद्दपुर्वक दक्षिणा दिउ , यस जन्ममा दान , धर्म गरेदेखि अर्को जन्ममा पाउने छौं ।