कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! मैले यसरी स्वर्ग र पातालका कुराको बर्णन गरे , अव म मर्त्यमण्डलका बारेमा पनि बर्णन गर्दछु , सुन्नुहोस । मर्त्यमण्डलका दक्षिण भागमा ब्रह्मपुर नाम गरेको एउटा नगर छ , त्यहाँका ब्रह्माण्डहरु असंख्य सम्पत्ति पाई वेद-पुराण आदि नाना शास्त्र अभ्यास गर्दै आ-आफ्ना सम्पत्ति कर्म मा रहेका थिए ।