कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछिको घटना पनि सुन , श्री महादेवले विष्णुलाई बिदा दिई जालन्धरसंग युद्ध गर्न लाग्नुभयो । श्री महादेवले र जालन्धर को घोर संग्राम भयो । वृन्दाको पतिब्रता धर्म बिष्णुले नष्ट गरिसकेका हुनाले जालन्धर बलहिन भइ श्री महादेवसित युद्ध गर्न नसकी आकाशमा गइ छलपुर्वक युद्ध गर्न लाग्यो ।