कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछिको घटना के भयो भने एकदिन फेरी शिवजीलाई बनबिहार गर्ने इच्छा भयो त्यसपछि उहा मृगरूप धारणा गरेर कसैले थाहा नपाउने गरि श्लेषमान्तक बनमा जानु भयो । त्यहाँ पुगेर मृग र मृगादी हरु संग रमाएर परमआनन्द ले रहनुभयो ।